सलमानको ‘सिकन्दर’को टिजरमा बन्दुकहरूको खेल

काठमाडौं । सलमान खानको चलचित्र ‘सिकन्दर’को टिजर सार्वजनिक भएको छ । शोकेसमा सजाएका आधुनिक हतियारहरूको दृश्यबाट सुरु हुने टिजर सलमानको हिरोइजम देखाउँदै अन्त्य हुन्छ ।
सलमानको पछि लाग्नेहरूलाई उनले खतम गरिएको दृश्यसँगै टिजर सकिन्छ । हतियारकहरूबीचको द्वन्द्व टिजरमा देख्न सकिन्छ । यसले ‘सिकन्दर’ एक्सनप्याक्ड मुभी भएको प्रष्ट पारेको छ । बलिउडका स्टारहरूको सिनेमामा हतियार प्रेम पनि यसले प्रष्ट पारिदिएको छ ।
‘सिकन्दर’लाई दक्षिण भारतीय निर्देशक एआर मुरुगादासले निर्देशन गरेका छन् । ‘सिकन्दर’ इदको अवसरमा रिलिज हुँदैछ ।
चलचित्रमा सलमानसँगै रश्मिका मन्दाना र काजल अग्रवाल देखिनेछन् ।