माघ २५ गते रिलिज हुँदै ‘ममी’, टिजर सार्वजनिक

कमठमाडौं । अभिनेत्रीद्वय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार सिनेमाको टिजिर सार्वजनिक गरिएको हो । चलचित्र माघ २५ गते रिलिज हुनेछ ।
हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद् निधन भएपछि रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई दखाउनेछ ।
सिनेमामा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत बिस्ट घनश्याम जोशी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो ।
लोकराज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेको सिनेमालाई निशाल पौडेल र शरद महतोले छायांकन गरेका हुन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।