चलचित्र ‘रंगी’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रंगी’को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको सोमबार सार्वजनिक टिजरमा चलचित्रका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल छन् ।

टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ । टिजर खुसी, रोदन र पीडा मिश्रित छ ।

फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि पानीमा भिज्दै काम गरेको दृश्य, छोरीलाई स्याहार गरेको दृश्य टिजरमा छ ।

टिजरमा चलचित्रकी अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ ।

यो चलचित्र फागुन २ गते रिलिज हुँदैछ । सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।