‘साउथको फिल’ दिने ‘बाटो: रोड टु डेथ’ आजबाट हलमा

काठमाडौं । चलचित्र ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शनमा आएको छ । मदन थापा निर्देशित थ्रिलर सिनेमा ‘बाटोः रोड टु डेथ’ नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको छ ।
सिनेमाका लेखक तथा र सम्पादक समेत रहेका थापाले सिनेमाले साउथका थ्रिलर चलचित्रको फिल दिने बताएका छन् ।
चलचित्रमा एक दिनको यात्रामा घट्ने घटनाको कथा समेटिएको छ । काठमाडौंबाट धरानसम्म यात्रा गर्दा घट्ने घटना चलचित्रमा समेटिएको निर्देशक थापाले बताएका छन् ।
चलचित्रको अधिकांश छायांकन गाइघाट र काठमाडौंमा गरिएको छ । चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।