युट्युब ट्रेन्डिङमा सर्ट भिडियोको कब्जा

काठमाडौं । युट्युब ट्रेन्डिङमा सर्ट भिडियोले कब्जा जमाएको छ । युट्युबको ट्रेन्डिङमा अधिकांश सर्ट भिडियो रहेका छन् ।

ट्रेन्डिङको १२ नम्बरसम्म सर्ट भिडियो छन् । १३ नम्बरमा हिन्दी मुभी ‘कल्की’को ट्रेलर छ । १४ देखि २७ सम्म पुनः सर्ट भिडियो नै छन् ।

ट्रेन्डिङको २८ नम्बरमा स्मार्ट टिभीको भिडियो कन्टेन छ । २९ र ३० मा सर्ट भिडियो छ । ३१ मा टेलिचलचित्र ‘बुहारी’ छ । त्यसपछि पुनः लहरै सर्ट भिडियो देख्न सकिन्छ ।

कुनै समय युट्युबको ट्रेन्डिङ गीत र चलचित्रको कब्जा हुन्थ्यो । अहिले गीत, सिनेमा, सिनेमाका ट्रेलर, टिजरलाई ट्रेन्डिङमा प्रवेश पाउनै कठिन भइसकेको छ ।

प्रकाश सपूत, प्रकाश दूतराजलगायत केही चर्चित कलाकारका गीत रिलिज हुँदा ट्रेन्डिङमा आए पनि अरू अधिकांश समय युट्युबको ट्रेन्डिङमा अरुले प्रवेश पाउन सकेका छैनन् ।

केही समय अगाडिसम्म पनि ‘बुहारी’, ‘भुन्टी’ जस्ता केही पारिवारिक टेलिचलचित्रले एकाध समय युट्युब ट्रेन्डिङमा प्रवेश पाए पनि अहिले तिनलाई पनि सर्ट भिडियोले पछि पारेका छन् ।

पछिल्लो समय गीतको भिडियो र चलचित्रको संख्या पनि युट्युबमा कम अपलोड हुने गरेका छन् । ओटीटीमा सिनेमा जान थालेपछि सिनेमा युट्युबमा कमै रिलिज हुन्छन् ।

सिनेमाको संख्या पनि कम हुँदा चलचित्रका गीत पनि कम हुने नै भए । आर्टहाउस मुभीमा गीत नहुने र भए पनि एउटा दुइटा मात्रै हुने त्यो पनि मासबेसका गीत कम हुँदा युट्युबको ट्रेन्डिङमा आउने कन्टेनको कमी पनि छ ।