गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्।

उनका आफन्त र प्रेमीले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सार्वजनिक गर्दै यो खुसीको खबर सेयर गरेका छन्।

मेलिना ध्रुव गुरूङसँग प्रेम सम्बन्धमा रहेको र उनी बेलायतमा बस्दै आएको जानकारी छ। इलाम स्थायी घर भएका ध्रुव पेशाले ब्रिटिश आर्मी (बेलायती सेना) रहेको जनाइएको छ ।

मेलिना र ध्रुवको भोलि विवाह गर्न लागेको बताइएको छ। काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरुको विवाह समारोह राखिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा मेलिना र ध्रुव एक अर्कासँग अत्यन्तै खुशी देखिन्छन् । इन्गेजमेन्टको तस्वीरमा उनीहरुलाई आआफ्नै जातीय मौलिक भेषभूषामा देख्न सकिन्छ ।

यसअघि मेलिनाले इन्गेजमेन्ट गरे पनि त्यो सम्बन्ध टिक्न सकेको थिएन। तर, यस पटक मेलिनाले छोटो समयको प्रेमलाई बिहेमा परिणत गर्ने निर्णय गरेकी छिन्।

मेलिनाको इन्गेजमेन्टको खबरले उनका प्रशंसकहरू खुशी भएका छन्। सामाजिक सञ्जालमा उनीहरूका लागि शुभकामना दिनेहरूको भीड लागेको छ। गायिका मेलिनाको जीवनको यो नयाँ सुरुवात सफल होस् भन्ने कामना उनका समर्थकहरूले गरिरहेका छन्।

यो जोडीको बिहे समारोह पारिवारिक र नजिकका साथीहरूको बीचमा हुने बताइएको छ।