‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला, क्यूएफएक्समा ६० शो

काठमाडौं । दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को अग्रिम बुकिङ खुला भएको छ ।
यही शुक्रबारबाट रिलिज हुने चलचित्रको लागि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ खुला गरेको हो । देशभरका अन्य मल्टिप्लेक्समा भने बुकिङ खुला हुन बाँकी छ ।
क्यूएफएक्सले यो चलचित्रलाई उपत्यकामा २५ र उपत्यका बाहिर ३५ गरी कुल ६० शो प्रदान गरेको छ । उपत्यकामा भक्तपुर, छायाँ सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेप्लेक्स, लबिम मल र राइजिङ मलमा शो हुनेछन् । त्यस्तै, उपत्यका बाहिर विराटनगर, भाटभटेनी बुटवल, नेपालगञ्ज, नारायणगढ, जलमा, बिर्तामोड, दमौली, इटहरी, वीरगञ्ज र पोखरामा प्रदर्शन हुनेछ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो ।
चलचित्रमा नाजिर हुसेन र सृष्टि श्रेष्ठसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । सिनेमामा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।
यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।