‘जुना’को गीत ‘आमाको मुहार’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ ।
गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
माघ २५ गते रिलिज हुने हुने चलचित्रको गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ ।
विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको व्यवहारलाई गीतमा देखाइएको छ ।
निर्माता दीपकप्रसाद घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।
फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन् । उनले ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ ।