‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक, को हो हिरो ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले नयाँ क्यारेक्टर रिविल गरेको छ । यसअघिका तीनवटा पोस्टरमा नदेखिएका कलाकारलाई नयाँ पोस्टरले रिविल गरेको छ ।

पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू छन् । सँगै छन् चलचित्रको हिरो । जो यसअघि निर्माणपक्षले चलचित्रको नायकबारे जानकारी दिएको थिएन ।

पोस्टरमा बायाँबाट क्रमशः मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा र कमलमणि नेपाल फिचर्ड छन् । फ्रन्डमा छन् सिनेमाका नायक । र, ती नायक हुन्, सीताराम कट्टेल (धुर्मुस) । उनी नेताको गेटअपमा छन् । दोरा सुरुवाल ज्वारीकोटमा देखिएका उनी अभिवादन गरिरहेका छन् । यो लुक्स र अभिवादनले उनी नेता रहेको प्रष्ट पारेको छ ।

उनको गेटअप र मुहारले उनी पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलम बनेको प्रष्ट हुन्छ । जो इटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जेलमा छन् । पृष्ठभूमीमा कफिनमा शव बोकिरहेका स्थानीय देखिन्छन् ।

यो पोस्टरले सिनेमालाई थप प्रतिक्षित बनाएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘सक्किगोनि’ टिमबाट यो चलचिमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् ।

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।