‘लाज शरणम्’मा महेशले घटाएका थिए १९ केजी तौल

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा टेलिचलचित्र ‘सक्किगोनि’ टिम बाहिरका केही कलाकार पनि छन् । ती मध्य एक हुन्, महेश त्रिपाठी । जो चलचित्र ‘हल्कारा’का हिरो हुन् । यो चलचित्रले इन्टरनेशनल फिल्म फेस्टिभलहरूमा केही अवार्ड पनि जितेको थियो ।

महेश ‘सक्किगोनि’ टिमले बनाएको चलचित्र ‘लाज शरणम्’मा पनि छन् । यो चलचित्रमा उनले कडा मेहनत गरेका छन् । पोस्टरमा पनि उनी अटएका छन् । सुरुमा सार्वजनिक भएका तीनवटा पोस्टरमध्य एकमा महेश पनि छन् ।

‘लाज शरणम्’मा उनको क्यारेक्टर दुब्लोपातलो थियो । यसै पनि महेश हट्टाकट्टा ज्यानका अभिनेता होइनन् । तर, त्यसभन्दा पनि पाललो ज्यानको क्यारेक्टर चाहिने भएपछि निर्माणटिमले उनलाई ज्यान घटाउन भनेको थियो ।

त्यसपछि महेशले आफ्नो ज्यान चलचित्रको चरित्रमा फिट बनाउँन १९ केजी घटाए । त्यसैले उनले यो सिनेमामा कडा मेहनत गरेको यसबाटै पनि पुष्टि हुन्छ ।

‘लाज शरणम्’का हालसम्म चारवटा पोस्टर सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक मुख्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई रिविल गरेको थियो ।

‘लाज शरणम्’मा सितारामसँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, विजय बराल, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बु, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।