karsang
Close Me

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ बिराटनगरमा

काठमाडौंँ । ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ बिराटनगरमा हुने भएको छ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुन लागेको हो ।

विराटनगरमा असार १८ र १९ मा हुने फेस्टिभल नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशले आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका फिल्म फेस्टिभलको विशेष प्रथामिकतामा पर्नेछ ।
फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा किङडम इन्टरनेसनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएका छन् । फेस्टिभलमा सहभागिताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।