बोर्डद्वारा क्यान्सरपीडित चलचित्रकर्मी थापालाई एक लाख सहयोग

काठमाडौं । चलचित्र विकास बोर्डले क्यान्सरपीडित कलाकार राजन थापालाई एक लाख रुपैयाँ उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

चार दशकदेखि नेपाली कलाकारितामा सक्रिय रहेका थापा एक वर्षदेखि आन्द्रामा क्यान्सर भई आर्थिक अभाव झेल्दै आएका छन् । उनै थापालाई चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल छिन् ।

२०३९ सालदेखि कलाकारितामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु, कंगाल, सम्पत्तिलगायत ठूलो पर्दाका चलचित्रका काम गरेका छन् । अविरल बग्दछ ईन्द्रावति, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो, सञ्चय आदिमा समेत अभिनय गरेका छन् ।