माध्यमिकदेखि पिएचडीसम्मका विद्यार्थीलाई बोर्डले दियो छात्रवृत्ति

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति वापतको रकम विद्यार्थीमाझ कार्यक्रम गर्दै संवन्धित कलेजलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थीको छात्रवृद्धि ओस्कार इन्टरनेशनल कलेजको संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतीले विद्यार्थीको छात्रवृत्तिवापतको रकम हस्तान्तरण गरे ।

विद्यार्थीको छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो ।

यसअघि विद्यावारिधिमा दुईजना, स्नातकमा १० जना र सर्ट कोर्ष दुईजनालाई दिने गरिए पनि यस वर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिकतर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।