‘सुम्निमा’ निर्देशन गर्दै मिलन चाम्स, छायांकन लन्डन र नेपालमा

काठमाडौं । मिलन चाम्सको निर्देशनमा लभ स्टोरी चलचित्र ‘सुम्निमा’ बन्ने भएको छ । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल ‘सुम्निमा’ राखिएको हो ।
नेपाली र अंग्रेजी भाषामा निर्माण हुने यो चलचित्र प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताएका छन् ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा हुनेछ ।
चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए । चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।