मोडल हन्टको उपाधिका लागि भिड्दै ५० मोडल

काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम प्रतिस्पर्धा शनिबार आयोजना हुँदै छ । होटल याक एण्ड यतिमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्दैछन् ।
प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगितामा पुरुष तर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् भने महिला तर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन् । सबै प्रतियोगी छनौट चरणको विभिन्न प्रतियोगिता पार गर्दै फाइलनमा पुगेका हुन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउनसक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण बढ्दो रहेको छ ।
प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने आयोजक संस्थाका नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमालाले बताए ।