खगेन्द्र र आँचललाई जोडी बाँध्दै ‘हर्ष’ बन्ने

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई जोडी बाँध्दै चलचित्र ‘हर्ष’ को निर्माण घोषणा गरिएको छ ।

सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा खगेन्द्र र आँचल मात्र फाइनल भएका छन् । उनीहरुले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

खगेन्द्र र आँचलका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।

आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

को हुन नव निर्देशक एकता पौडेल ?

एकता पौडेल दिवगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्ममेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् ।

यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन् । सिनेमाको चितवनमा छायाँकन हुनेछ ।