कुन हो जम्मा २०० रुपैयाँ ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र ?

काठमाडौं । नेपालमा हालसम्म सबैभन्दा कम कमाइ गर्ने चलचित्र कुन हो ? चलचित्र विकास बोर्डले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

विसं. २०७९ मा रिलिज भएको चलचित्र ‘शिवानी’ले ५२० रुपैयाँ कलेक्सन गरेको थियो । सबैभन्दा कम कलेक्सन गरेको भन्दै यसको समाचार नै बनेको थियो ।

यो भन्दा पनि काम कलेक्सन गर्ने चलचित्र पनि छन् । चलचित्र ‘अफिसर’ले ‘शिवानी’ले भन्दा पनि कम पैसा उठाएको पाइएको छ ।

‘शिवानी’ले भन्दा पनि कम पैसा उठाउने ‘अफिसर’ले जम्मा २०० रुपैयाँ उठाएको चलचित्र विकास बोर्ड बक्सअफिस स्रोतले बताएको छ ।

‘अफिसर’ ०७५ जेठ ११ गते रिलिज भएको थियो । यो चलचित्रसँग एकै दिन ‘सुनकेशरी’, ‘कोसेली’ पनि रिलिज भएक्का थिए ।

‘अफिसर’ उपेन्द्र तिमिल्सिना निर्देशन गरेको चलचित्रथियो । ‘अफिसर’ एक्सन र प्रेमकथाको विषयमा निर्माण भएको चलचित्र थियो ।

निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाललगायतको अभिनय रहेको थियो । शशी विक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले निर्माण गरेका थिए ।

‘अफिसर’ले बक्सअफिसमा २०० रुपैयाँ कलेक्सन गरेको देखिएको छ । बक्सअफिस बाहिर यसले कति पैसा उठाएको थियो अथवा थिएन, त्यो भने उल्लेख छैन ।