‘मायावी’को ट्रेलरमा के छ, के छैन ?

काठमाडौं । चलचित्र ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू छन् ।

ट्रेलरमा प्रेम, बाध्यता, बिछोड र पीडा छ । कसरी सिनेमाका दुई मुख्य पात्र वियोगान्त अवस्थामा पुग्छन् भन्ने ट्रलेरमा देखाइएको छ । लभस्टोरी सिनेमा रुचाउनेका लागि ट्रेलरले मन जित्न सक्छ । स्टोरी भने ट्रेलरमा देखिँदैन ।

स्टोरी नखुलाएको हो वा के हो त्यो भने अब सिनेमाको रिलिज नै कुर्नुपर्ने भएको छ ।

चलचित्रमा पल र दीपिकासँगै डेब्यु अभिनेता समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठलगायत छन् ।

चलचित्र ‘मायावी’लाई दीवाकर भट्टराईले निर्देशन गरेका छन् । कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्माताको रूपमा रहेका छन् ।

चलचित्रमा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।