चलचित्र ‘११:५५’को टिजरमा प्रेम, रोमान्स, धोका र बदला

काठमाडौं । क्राइम थ्रिलर चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । आउँदो चैत्र ८ गतेबाट प्रदर्शनमा आउने यस सिनेमाको टिजरमा प्रेम, रोमान्स, धोका, बदला र रहस्यको कथा समेटिएको छ, जसले दर्शकमाझ उत्साह जगाउने देखिन्छ ।

टिजरको सुरुवातमै सावधानी सूचना राखिएको छ, जसमा भनिएको छ, ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरूका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मन पर्छ ।’

चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ ।

सिनेमामा यो चलचित्र निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अलल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।