‘चुनिखेल सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’ हुँदै, दर्जन बढी कलाकारको प्रस्तुति रहने

काठमाडौं । चुनिखेल सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । बूढानीलकण्ठ नगरपालिकास्थित चुनिखेल नयाँबस्ती रिभरसाइड फुटसलसँगै महोत्सव हुन लागेको हो ।
महोत्सव फागुन ७ गतेबाट २२ गतेसम्म चल्नेछ । महोत्सवमा दुई दर्जनभन्दा धेरै गायकगायिकाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
रचना रिमाल, समीक्षा अधिकारी, शान्ती श्री परियार, एलिना चौहान, ज्योति मगर, दुर्गेश थापा, सुगम पोखरेल, अनु चौधरीलागयत गायिकगायिकाको प्रस्तुति रहनेछ ।
‘पर्यटन, कृषि र प्राकृतिक सौन्दर्य शहर, संमृद्ध सांस्कृतिक सम्पदा चुनिखेल नगर’ नारा रहेको महोत्सव संयुक्त नेपाल मेला महोत्सव ग्रुपले आयोजना गरेको महोत्सवको विशेष सहयोगी बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष टिकेशनारायण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा हुने सांगीतिक प्रस्तुतिमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विशेष कार्यक्रम ९, १०, १४, १५, १६ र १७ गते हुनेछ । यो कार्यक्रममा भने प्रवेशका लागि एक सय रुपैयाँ शुल्क तोकिएको कार्यक्रम संयोजक तथा समाजसेवी भरत श्रेष्ठले बताए ।
महोत्सवको विशेष सहयोगीमा विएस श्रेष्ठ सप्लायर्स कन्स्ट्रक्सन, कार्की टेन्ट हाउस, चुनिखेल सांस्कृतिक संरक्षण समिति, नव क्लब, टुपेक नवापुर युवा क्लब, चुनिखेल गाइड, ड्राइगन क्लब, हाम्रो बूढानीलकण्ठ डटकम, बूढानीलकण्ठ संचारगृह र सिन्चु प्रेस रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
महोत्सव आयोजनामा बूढानीलकण्ठ नगरपालिकाको पनि सहयोग रहेको छ । बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको विशेष सहयोग र सुझाव रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।