‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक
ठमाडौं । चलचित्र ‘घरज्वाइँ’को नयाँ गीत रिलिज भएको छ । शुक्रबार ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो । गीत एसडी योगीको संगीतमा तयार भएको छ । गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ ।
प्रेमिल गीतमा प्रमुख अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरप्रतिको प्रेम आकर्षणलाई देखाइएको छ ।
भिडियोमा दया र मिरुनाको प्रेमरसायन ताजगीपुर्ण लाग्छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।
अनिल बुढामगर सिनेमाका निर्देशक हुन् । सिनेमा असार २८ गते रिलिज हुँदैछ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन् ।
पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । सिनेमा सुसन प्रजापतिले खिचेका हुन् ।
‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।