‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ ।

फागुनको १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको बिहीबार भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको हो ।

एसडी योगीको स्वर र संगीत, राम अविरल बिष्टको शब्द रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ, सुशिल सिटौला फिर्चड छन् ।

विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतले विन्दवासिनी माताप्रतिको श्रद्धा एवं भक्तिभाव व्यक्त गर्छ । मान्छेहरुमा रहेको स्वार्थीपन, कुकर्मलाई पखालिदिन गरिएको प्रार्थना गीतमा देखाइएको छ ।

क्रियटिभ सिने आर्ट्सको प्रस्तुति रहेको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । नेम महर्जनको पनि लगानी रहेको सिनेमामा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् ।

राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन छ ।