‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रशारण हुँदै

काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ यही फागुन २० गतेबाट प्रसारण हुने भएको छ ।
विशाल भण्डारीले निर्देशन गर्ने टेलिभिजन शोमा स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का च्याम्पियन तथा विजेताहरूको प्रस्तुति रहनेछ ।
विशाल स्वयंले होस्ट गर्ने शोमा अध्यक्षको रूपमा दीपाश्री निरौला रहनेछिन् । समसामयिक विषयमा व्यंग्य र पाहुनालाई रोष्ट गर्ने शो मा कमेडियन सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौंडेल, पवन भट्टराई, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामाको प्रस्तुति रहनेछ । भरतमणि पौडेल, सुमन कोइराला, सन्तोष थापा र प्रभात लामा भने यो शो मा नयाँ हुनेछन् ।
निर्देशक भण्डारीका अनुसार शो ५२ भाग प्रसारण हुनेछ । हिमालय टेलिभिजन र ओएसआर रियालिटीमा प्रशारण हुनेछ । भव्य सेटमा शो सञ्चालन हुने बताइएको छ । लाइभ दर्शकमाझ शो खिचिनेछ ।