karsang
Close Me

२१ घण्टामा कतिले हेरे ‘कल्की’को ट्रेलर ?

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास र बलिउडका सुपरस्टर अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘कल्की २८९८ एडी’को ट्रेलर हेर्नेको संख्या उच्च देखिएको छ ।

ट्रेलर रिलिजको २१ घण्टा नपुग्दै यसको भ्युज एक करोड ८ लाख माथि पुगेको छ ।

ट्रेलरमा अमिताभ बच्चन अश्वत्थामाको भूमिकामा छन् । जो पद्यमा अर्थात दीपिका पादुकोणलाई बचाउने प्रयासमा छन् । प्रभास उनलाई समात्ने प्रयासमा छन् । यी दुई पात्रबीचको प्रतिस्पर्धा ट्रेलरमा देख्न सकिन्छ ।

‘कल्की २८९८ एडी’मा अमिताभ, प्रभास र दीपिका पादुकोणसँगै , दिशा पटानी र कमल हसन मुख्य भूमिकामा छन् ।

नाग अश्विनको निर्देशनमा बनेको साइन्स फिक्सन २७ जनमा २०२४ मा रिलिज हुनेछ ।

तेलुगु र हिन्दी भाषामा रिलिज हुने सिनेमाको बजेट ६ अर्ब भारु रहेको छ ।