‘११:५५’को ट्रेलरमा प्रेमको नाटकमा धोकाधडी, फिल्मभित्र अर्को फिल्म

काठमाडौं । चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले ‘११ः५५’ ट्रेलर सार्वजनिक गरेको ट्रेलरमा धोकाधडीको कथा देखाइएको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलर सम्पत्तिका लागि बनाइने योजना र त्यसको परिणामको वरिपरि घुमेको छ । सम्पत्तिका लागि प्रेमको नाटक, धोकाधडी, आक्रमण, बन्दुकको खेल र त्यसको परिणाम ट्रेलरमा उल्लेख छ । ट्रेलरमा फिल्मभित्रको फिल्म देखाइएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ ।

चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका छन् । चलचित्रको कथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका छन् । चलचित्र चैत ८ गते रिलिज हुँदै छ ।