फ्राइडे रिलिजमा ‘होस्टेल–३’, शोलो रिलिजसहित हलमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘होस्टेल–३’ आजबाट रिलिज भएको छ ।
‘होस्टेल–३’ले सोलो रिलिजको मौका पाउँदा हलमा उच्च शो पाएको छ ।
‘होस्टेल–३’ युवा पुस्तालाई लक्षित गरेर बनाइएको चलचित्र भएको निर्माणपक्षले जनाएको छ ।
सशान कँडेलले निर्देशक गरेको चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।
अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा रहेको निर्देशक कँडेलको भनाइ छ ।
चलचित्रको कथा माधव शर्माले लेखेका छन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माताको रुपमा शंकर कोइराला छन् ।
राम्रो शो पाएकाले उच्च ओपनिङ गर्ने निर्माणपक्षको अपेक्षा छ ।