‘पिताम्बर’को टिमले मनायो होली

काठमाडौं । चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ ।

निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरु प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रंग दल्दै होली मनाएका हुन् । निर्माण टिमले पत्रकारको समूहसँग पनि होली खेलेका थिए ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडीलगायतको अभिनय छ ।

कृषा चौलागाईको निर्देशन रहेको चलचित्र विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।

प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।