‘वसन्त’को नयाँ पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वस्तिमा

काठमाडौं । गायक सपूत र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गर्दै चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
गायक तथा अभिनेता प्रकास सपूतको डेव्यु निर्देशकिय सिनेमाको बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा मुख्य दुई कलाकार फिचर्ड रहेको पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् ।
चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपूतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर बसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा ‘वसन्त’ तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ । बसन्त ऋतुमा फुल्ने लालीगुँरास जस्तै रंगीन पर्व फागु पर्वको शुभकामना ।’
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्र आगामी चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने छ ।
सोसल ड्रामा रहेको सिनेमामा प्रकास र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्ष बोल्ने ‘वसन्त’को कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।
चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपूतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।