karsang
Close Me

‘जेरीः अन टप’मा यस्तो छ अनमोलको फर्स्ट लुक

काठमाडौं । चलचित्र ‘जेरीः अन टप’को नायक अनमोल केसीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । लभ्ली फेसमा देखिएका अनमोल चकलेटी लुक्समा छन् ।

खैरो जिन्सको आउटर र पाइन्टमा रहेका उनले पिंक कलरको टिसर्ट लगाएका छन् । उनको गेटअप, लुक्स र हातको सिम्बोलले अनमोल चलचित्रमा लभरब्वाईको क्यारेक्टरमा रहेको अनुमान लगाउन सकिन्छ ।

अनमोल सिनेमाका मुख्य पात्र हुन् । उनीसँगै यो चलचित्रमा आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छिन् ।

सुरुमा यो चलचित्रमा आना शर्मा अनुबन्ध भए पनि दुई दिन अगाडि मात्रै उनको ठाउँमा गुरुङले प्रवेश गरेकी हुन् ।

निर्माण पक्षले आनालाई सुटमा बोलाउँदा नआएको भन्दै चलचित्रबाटै हटाएको थियो ।

चलचित्र ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने तयारीमा छ । चलचित्रको वर्कशप समेत सुरु भइसकेको छ ।

सुयोग गुरुङको निर्देशन रहने चलचित्र सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहनेछ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

चलचित्रको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुने निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई हेमराज विसीले निर्देशन गर्ने तय भए पनि उनी अमेरिका गएपछि सुयोग भित्रिएका हुन् ।