‘चलचित्र विकास बोर्ड’ले ‘बक्स अफिस कलेक्सन’ सार्वजनिक नगर्दा निर्माताहरु मारमा

नेपाली चलचित्रमा प्रतिचलचित्र र वार्षिक कति लगानी हुन्छ, कति ग्रस कलेक्सन हुन्छ, कति कमाउँछन् ? अधिकांशलाई थाहा हुँदैन । कारण निर्माताले स्पष्ट रूपमा लगानी खुलाउँदैनन् । चलचित्र विकास बार्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दैन । जसका कारण न लगानी थाहा हुन्छ न कमाइ ।