‘जनै हराएको बाहुन’को स्क्रिप्ट पूजा

काठमाडौं । निर्माण घोषणा देखि नै चर्चामा रहेको चलचित्र ‘जनै हराएको बाहुन’को स्क्रिप्ट पूजा गरिएको छ ।
हिमाल न्यौपानेको निर्देशनमा निर्माण हुन लागेको सिनेमाको मंगलबार ललितपुरको कार्य विनायक मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।
स्क्रिप्ट पूजामा चलचित्रका प्रमुख कलाकारहरू मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको उपस्थिति रहेको थियो ।
निर्माण टिमकाअनुसार चलचित्र शुभ मुहूर्त यही २४ गते गरिने र २५ गतेबाट छायाकंन सुरु गरिनेछ ।
‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबिचको भावनात्मक कथा भन्नेछ ।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, सुशांक मैनाली, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, रियर राईलगाएतको मुख्य भूमिका रहनेछ ।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा थानेश्वर गौतमको संगीत रहने बताइएको छ ।
चलचित्रको छायांकन चैत २५ गतेदेखि ४० दिन को सेड्युल अनुसार पाल्पा र काठमाडौंमा गरिनेछ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायां गर्नेछन् ।