पाँच दिनअगाडि नै सकियो खगेन्द्र र वर्षाको ‘हर्ष’को छायांकन

काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ ।

डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पूर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । ४० दिनको सेड्युलमा छायांकनमा निस्किए पनि पाँच दिन अगाडि नै छायांकन सकिएको हो ।

निर्देशक पौडेल सिनेमाको सम्पूर्ण छायांकन चितवनमा नै गरिएको उनले जानकारी दिइन् । सिनेमामा पाँचवटा गीत समावेश गरिएको छ । गीतसहितको छायांकन ३५ दिनमा सकिएको हो ।

हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ ।

सिनेमामा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।

डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् ।