युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘पिताम्बर’को ट्रेलर

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पिताम्बर’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बर परेको छ । यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको यो सिनेमाको मंगलबार सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमै दर्शकको ध्यान तानेको छ ।

युट्युबको मुभी सेक्सनमा नम्बर १ मा ट्रेन्ड गरिरहेको ट्रेलरलाई अहिलेसम्म २१ लाखभन्दा बढी दर्शकले हेरेका छन् र भ्यूजको संख्यामा समेत गति बढिरहेको छ ।

ट्रेलरमा देखिएको कथा, अभिनय र प्रस्तुतीकरणले दर्शकमाझ एक्सनप्रधान चलचित्रप्रतिको उत्साह अझै बढाएको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको ‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् ।

चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यस सिनेमामा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले अभिनय गरेका छन् ।

‘पिताम्बर’का निर्माता विशाल चौलागाईं हुन् भने सह–निर्मातामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन् । सुमन गौतम कार्यकारी निर्माता रहेको चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले तयार गरेका हुन् ।

चलचित्रको छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् भने सम्पादन र ट्रेलर बन्दे प्रसादले गरेका हुन् । सिनेमामा आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व समावेश छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।