निर्माता पौडेल भन्छन्– अहिले सबै निर्माताले २०-२५ लाखको टिकट काट्छन्

काठमाडौं । नेपाली चलचित्र उद्योगमा प्रष्ट वक्ताको छवि बनाएका चलचित्र निर्माता विनोद पौडेलले निर्माताले नै हलमा टिकट किन्ने गरेको प्रष्ट पारेका छन् ।

आफ्नो चलचित्र रिलिज हुँदा हलमा निर्माताले नै टिकट किन्ने गरेको र आफूले पनि त्यसै गरेको पौडेलले स्पष्ट पारेका छन् ।

उनले ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज गर्दा आफूले पनि हलमा टिकट किनेको प्रष्ट पारेका छन् ।

“इेन्द्रको बाउ चन्द्रेले फिल्म बनाए पनि २० देखि २५ लाखको त टिकट किन्नै पर्छ,” निर्माता पौडेल फेसबुकमा लेख्छन्, “१०–१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।”

अहिले चलचित्रको टिकट निर्माता स्वयंले काट्नु मार्केटिङ प्लान अन्तर्गत नै पर्ने गरेको उनी बताउँछन् ।

निर्माता पौडेलले अहिले चलचित्र ‘अभिमन्यु’ निर्माण गरिरहेका छन् । करिब दुई सातादेखि उनी यो चलचित्रको छायांकनमा छन् ।