‘नरसिंहाः अवतार’मा राजसँग रोमान्टिक शनिषा

काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउने चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका शनिषा भट्टराईलाई स्थान दिइएको छ ।

सार्वजनिक पोस्टरले फिल्मभित्र राज र शनिषालाई जोडीको रुपमा हेर्न सकिने वुझ्न सकिन्छ ।

राजले यो फिल्ममा नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् । यो फिल्मका लागि राजले एक्सन समेत सिकेका थिए ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रकम दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

चलचित्रमम राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।