‘मोहर’ टिमले ‘ढुकढुकी’ बनाउने

काठमाडौं । चलचित्र ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा.लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बन जंग शाही निर्माताको रुपमा छन् ।
यो फिल्मको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । चलचित्रका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन ।
यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् ।
ओमले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदै छ । यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।