दाङमा चलचित्र निर्माण कार्याशाला हुँदै

काठमाडौं । आगामी वैशाख २५ देखि ३१ गतेसम्म दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ ।

पहल नेपालको आयोजनामा हुन थालेको कार्यशालामा चलचित्र निर्देशन, पटकथा लेखन र छायांकन सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु संचालन हुनेछन् ।

कार्याशालाकै क्रममा प्रशिक्षार्थीहरुद्वारा लघु चलचित्र निर्माण गरिने र उत्कृष्ट ३ लघु चलचित्रलाई पुरस्कृत गरिने पहल नेपालका अध्यक्ष केएल बुढाथोकीले बताए ।

चलचित्रकर्ममा संलग्न जुनसुकै उमेर समूहका व्यक्तिले कार्याशालामा भाग लिने पाउने संयोजक बुढाथोकीले जनाए ।