नीतिले गरिन् कानूनी विवाह

काठमाडौं । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा याञ्चित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।
नीति र याञ्चितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा रहेकोले लिन बाँकी छ ।
न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको आदलत श्रोतले जानकारी दियो । पेशाले एरोस्पेस इन्जिनियर (विमान मर्मत गर्ने इन्जिनियर) याञ्चित ४ वर्षदेखि नीतिसँग प्रेम सम्बन्धमा थिए ।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीतिले चलचित्र ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी हुन् । यो सिनेमा व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो चलचित्र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।