‘पाँच पाण्डव’ निर्माण हुँदै, मुख्य भूमिकामा धुर्मुस र सुन्तली

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ मुख्य भूमिकामा रहनेछन् ।
‘पाँच पाण्डव’लाई कल्याणी साखले निर्माण गर्नेछिन् । चलचित्रको निर्माण काली रानी फिल्म्सको ब्यानरमा हुनेछ । औपचारिक घोषणा हुन भने बाँकी छ ।
धुर्मुस पछिल्लोपटक ‘लाज शरणम्’मा देखिएका थिए । धुर्मुस र सुन्तली दुवैजना भने पछिल्लोपटक ‘सेन्टी भाइरस’मा काम गरेका थिए ।
यता, वसन्त निरौलाले निर्देशन गरेको चलचित्र ‘ज्वाइँ साब’ दशैंमा प्रदर्शनमा आएको थियो ।