karsang
Close Me

चलचित्र आम सञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम: सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छन् ।

आइतबार नेपाल चलचित्र विकास बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लचित्र मनेरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताएकी हुन् ।

उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरु परिणाममा पुर्याउने कुरा चुनौतिपूर्ण रहेको बताइन् ।

उनले दोलखाको फिल्म सिटी बनाउने सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ ।

मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । उनले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउन सरकार संवेदनशील रहेको बताइन् ।