चलचित्र क्षेत्रले स्वीकार्ने बजेट र कार्यक्रम ल्याउने भुवनको प्रतिबद्धता
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।
आइबतर नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उनले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताए ।
उनले चलचित्र ऐन छिटोभन्दा छिटो पारित गर्न आग्रह समेत गरे । केसीले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताए । उनले चलचित्रकर्मीहरूको क्यूआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायांकन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बताए ।
आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको बताए ।
अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिए ।