साढे दुई करोडमा तीन युवाले ल्याए ‘२९ रिसोर्ट एण्ड फार्म हाउस’

काठमाडौं । चलचित्र निर्माता दिमेश श्रेष्ठलगायत तीनजना युवाले रिसोर्ट खोलेका छन् । होटल बिजेनस गर्दै आएका दिमेश श्रेष्ठ, किरण श्रेष्ठ र सुशान्त श्रेष्ठले पार्टनरसिपमा रिसोर्ट खोलेका हुन् ।
साढे दुई करोड लगानीमा उनीहरूले २९ रिसोर्ट एण्ड फार्म हाउस खोलेका हुन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल कौडोलमा श्रेष्ठत्रयले संयुक्त लगानीमा २९ रिसोर्ट एण्ड फार्म हाउस खोलेका हुन् ।
१५ रोपनी जग्गामा फैलिएको २९ रिसोर्ट एण्ड फार्म हाउसमा डिलक्स रुमसहित नेचुरल स्विमिङ पुल र ट्राउट माछाका रुपमा स्पेसल रहनेछ ।

ट्राउट माछासँगै खर, बाँस प्रयोग गरेर माटोका रूम पनि रहेका छन्, जुन रिसोर्टको विशेषता हुन् ।
२९ रिसोर्ट एण्ड फार्म हाउसबाट तारेभिर र शिवपुरी हाइकिङको रुट पनि रहेको छ ।
गोल्फुटारबाट करिब ३ किलोमिटर उत्तरपश्चिम दुरीमा रहेको २९ रिसोर्ट एण्ड फार्म हाउस यही वैशाख १९ गते विशेष कार्यक्रम गरेर सञ्चालनमा ल्याउन लागेको उनीहरुले बताएका छन् ।
निर्माण सुरु भएको सात महिनामा सम्पन्न भएको बताइएको छ । उनीहरूले यसअघि नै रिभरसाइड स्पोर्टस् (फुटसल एण्ड क्याफे) र नुजा क्याफे सञ्चालनमा ल्याइसकेका छन् ।
