दीपकराज गिरीकाे प्रश्न– किन बन्दै छ नेपाली समाज असहिष्णु ?

काठमाडौं । चर्चित अभिनेता दीपकराज गिरीले नेपाली समाज विस्तारै असहिष्णु बन्दै त गएको होइन भन्दै प्रश्न गरेका छन् ।
गिरीले आज सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै कुनै न कुनै बहानामा चलचित्र बहिस्कार गर्नेदेखि विचारा राख्न निषेध गर्नेसम्मको अवस्था सिर्जना हुँदै गएको बताएका हुन् ।
उनले नेपाली समाज एक–अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्था कसरी सिर्जना भइरहेको भन्ने गम्भीर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–
आज म लेख्दैछू …….
दशैमा हाम्रो फिल्म चल्दा सामाजिक संजालमा यस्को फिलिम नहेरौ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छू ! बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हूदै सूरक्षा पन्त सम्म आइपुग्यो !
कसैले कसैको तारिफ गरे बहिष्कार ,
कसैले तारिफ गरेन…बहिष्कार ! बहिष्कारै बहिष्कार!!
हामी कलाकार त बहाना मात्रै हौ ! बास्तवमा अहिले
राजाबादीले गणतंत्रबादी बहिष्कार ! गणतंत्रबादीले राजाबादी बहिष्कार , यो बिचार राख्ने ले त्यो बिचार राख्नेलाइ बहिष्कार! यो समूहले त्यो समूह बहिष्कार एकले अर्काको अस्तित्व नै बहिष्कार !
बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ !! बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै छ कि हाम्रो समाज?