‘ऊनको स्वीटर’को ट्रेलरमा दुई जातिबीचको प्रेमले सल्काएको आगो

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा उमेर पुगेका युवायुवतीबीचको आकर्षण, प्रेम, दुई फरक जातिबीचको प्रेमले समाजमा सल्काएको आगो र त्यसले सिर्जना गरेको विनास छ ।
प्रेम पलाएपछि जात व्यवस्थाले छेक्सन नसक्ने यथार्थलाई ट्रेलरले समेटेको छ ।
कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बू, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहानलगायतको उपस्थिति थियो ।
वैशाख २६ गतेबाट रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो ।
चलचित्रमा विपीन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।