फस्टलुक सार्वजनिक गर्दै चलचित्र ‘शिवाशंः च्याप्टर १’को निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘शिवांश’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरिएको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रलाई सन्तोष कुमार आत्रेयले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा रहने चलचित्रमा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतको अभिनय रहनेछ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । निर्माता पनि उनी स्वयं हुन् । सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बुको छ ।
निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका छन् । अनुहारको एक साइडमात्रै देखाइएको छ । जहाँ उनको एउटा आँखका मात्रै देखाएको छ । उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको देखिन्छ । अगाडी कोही उभिएको छ । जसको अगाडि सिंगो गाउँमा आगो लागेको दृशय छ ।
लाललाल फलामको घेरा र सिंगो गाउँमा लगाइएको आगोले दुई पात्रबीचको शक्ति संघर्षमा चलचित्र केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ । तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही पनि जानकारी दिएको छैन ।
असोज २४ गते रिलिज हुने चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको अभिनय रहनेछ ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । चलचित्रमा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।
चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन् । कस्ट्युम कमल मिश्रको हुनेछ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ ।
बारत लिम्बु मुख्य सहायक निर्देशक रहने सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहने चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।
