वडाध्यक्षले उद्घाटन गरे निर्मातासहित श्रेष्ठ त्रयको ‘२९ रिसोर्ट एण्ड फार्म हाउस’, के–के छन् विशेषता ?

काठमाडौं । चलचित्र निर्माता दिमेश श्रेष्ठलगायत तीनजना युवाले खोलेको रिसोर्ट सञ्चालनमा आएको छ । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल कौडोलमा निर्माण गरिएको रिसोर्ट शुक्रबारबाट सञ्चालनमा आएको हो ।
‘२९ रिसोर्ट एण्ड फार्म हाउस’ वडा नम्बर १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठले शुक्रबार उद्घाटन गरेका हुन् । वडाध्यक्ष श्रेष्ठले उद्घाटन गरेसँगै रिसोर्ट सञ्चालनमा आएको हो ।
होटल बिजेनस गर्दै आएका दिमेश श्रेष्ठ, किरण श्रेष्ठ र सुशान्त श्रेष्ठले पार्टनरसिपमा रिसोर्ट खोलेका हुन् ।
श्रेष्ठत्रयले साढे दुई करोड लगानीमा ‘२९ रिसोर्ट एण्ड फार्म हाउस’ खोलेका हुन् ।
१५ रोपनी जग्गामा फैलिएको ‘२९ रिसोर्ट एण्ड फार्म हाउस’मा डिलक्स रुमसहित नेचुरल स्विमिङ पुल र ट्राउट माछाका रूपमा स्पेशल रहनेछ ।
ट्राउट माछासँगै खर, बाँस प्रयोग गरेर माटोका रूम पनि रहेका छन्, जुन रिसोर्टको विशेषता हुन् ।
‘२९ रिसोर्ट एण्ड फार्म हाउस’बाट तारेभिर र शिवपुरी हाइकिङको रुट पनि रहेको छ ।
गोल्फुटारबाट करिब ३ किलोमिटर उत्तरपश्चिम दुरीमा रहेको ‘२९ रिसोर्ट एण्ड फार्म हाउस’ निर्माण सुरु भएको सात महिनामा सम्पन्न भएको हो ।
उनीहरूले यसअघि नै रिभरसाइड स्पोर्टस् (फुटसल एण्ड क्याफे) र नुजा क्याफे सञ्चालनमा ल्याइसकेका छन् ।