बंगलाचुलीमा चलचित्र निर्माण कार्यशालामा १७ जना सहभागी

काठमाडौं । दाङको बंगलाचुलीमा चलचित्र निर्माण कार्यशाला सुरु भएको छ । एएस उडान फिल्म र पहल नेपालको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको कार्यशालामा कालिकोट, बर्दिया, दाङ र रुपन्देही जिल्लाका १७ जना युवाले प्रशिक्षण लिइरहेका छन् ।
चलचित्र विकास बोर्ड र बंगलाचुली गाउँपालिकाको सहकार्य रहेको चलचित्र निर्माण कार्यशालाको प्रशिक्षकमा चलचित्र लेखक विकास सुवेदी, निरज कँडेल र केएल बुढाथोकी रहेका छन् ।
कार्यशालामा चलचित्र निर्माणका नवीन शिल्प, शैली, प्रविधि र प्रक्रियाबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान सीप प्रदान गरिने भएको छ ।