चलचित्र ‘तुलसीराम’ निर्माणकाे घोषणा, जेठ अन्तिमबाट छायांकन

काठमाडाैं । चलचित्र ‘तुलसीराम’ निर्माण हुने भएकाे छ । बुद्ध जयन्तीको अवसर पारेर आज घोषणा गरिएको चलचित्र आगामी जेष्ठको अन्तिम साताबाट छायाङ्कनमा जाने निर्माण पक्षले जनाएकाे छ । चलचित्रको छायांकन काठमाडाैं, चित्लाङ्ग र हेटौंडाको विभिन्न ठाउँमा गरिने निर्माण पक्षले जनाएकाे छ ।
एल आरआरको ब्यानरबाट निर्माण हुन् लागेको चलचित्रको निर्देशक तथा निर्माता बाबु शाहेब बलामी हुन् भने चलचित्रमा बलामीकै कथा रहने छ ।
चलचित्र लेखन शंकर अधिकारी घायलकाे हुनेछ । चलचित्रको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने चलचित्रमा विकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।
पछिल्लो समयका चल्तीका कलाकारहरु राखेर निर्माण हु्न लागेको चलचित्रमा पारिवारिक कथालाई जोड दिइने छ भने तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिएर अगाडी बढाउने निर्माण पक्षले जानकारी दिएको छ ।