karsang
Close Me

‘वर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुने

काठमाडौं । चलचित्र ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र भदौ १४ गतेबाट रिलिज हुने भएको हो ।

चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । आँचल र विवेकसँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्सनको ब्यारनमा बनेको यो चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर चलचित्र रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको छ ।