रामबाबु र उपेन्द्रको ‘प्याचअप’सँगै सुरु भयो ‘जारी २’को छायांकन

काठमाडौं । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाबीच ‘प्याचअप’ भएपछिको पहिलो सिनेमा छायांकनमा गएको छ । ‘प्याचअप’ पछि रामबाबु र उपेन्द्रको पहिलो सहकार्य चलचित्र ‘जारी २’ छायांकनमा गएको हो ।
रामबाबुको ‘डिग्री माइला’ र उपेन्द्रको ‘मनसरा’ले सोचेजस्तो व्यापार नगरेपछि यी दुई निर्देशक एक ठाउँमा आइपुगेका हुन् । अब उनीहरु सँग काम गर्नेछन् । जसको पहिलो सहकार्यस्वरुप ‘जारी २’को आज शुभमुहूर्त गरिएको हो ।
आज भमुहूर्त भएसँगै छायांकन सुरु भएको हो । यो चलचित्रको सम्पूर्ण छायांकन पाँचथरमा हुनेछ ।
‘जारी २’ सनेमा ‘जारी’को सिक्वेल हो । यो सिनेमाको फस्र्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ ।
‘जारी’मा निर्देशक उपेन्द्र सुब्बाकै लेखन छ । उपेन्द्रको डेव्यु निर्देशन ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
सिनेमामा सिनेमामा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यारमा निर्माण हुने सिनेमामा रामबाबु गुरुङको लगानी रहनेछ ।
यो सिनेमाको काम सकिएलगत्तै ‘कबड्डी–५’को छायांकन हुनेछ । यसलाई रामबाबुले निर्देशन गर्नेछन् । स्क्रिप्ट उपेन्द्रको रहनेछ ।